काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेल आज देखि शुरु भएको छ ।
आज भएको दोस्रो खेलमा मलेसियाले विजयी सुरुवात गरेको छ । मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै एशिया स्तरको छनौटमा विजयी सुरुवात गरेको छ ।
मलेसियाले दिएको १६३ रनको लक्ष्य पछाएको कुवेत १८ ओभरमा अल आउट हुदै १२० रन मात्र बनाएपछि मलेसिया ४२ रनले विजयी भएको छ ।
कुवेतका लागि मुहमद काशिफले सर्वाधिक ५१ रन बनाएका थिए । त्यस्तै उसमान वाहीदले १६ र अदनान इद्रीजले १२ रन बनाएका थिए । यी बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियाका बलर मुहमद स्याहदतले ३ विकेट लिए भने साएद अजिज, पवनदीप सिंह र फित्री शामले २-२ विकेट लिएका थिए । त्यस्तै अनवर रहमानले एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा अल आउट हुदै १६२ रन बनाएको थियो ।
मलेसियाका लागि शफिक शरिफले सर्वाधिक ३८ रन बनाएका थिए । त्यस्तै शाएद अजिजले ३४ रन बनाए भने अमिनुद्दीन रामलीले १२ बलमा ३३ रन बनाएका थिए । त्यस्तै अहमद फैजले १५ र विरनदीप सिंहले १७ रन बनाएका थिए ।
कुवेतका बलर मुहमद अहसानले २ विकेट लिए भने मुहमद कशिफ, इल्यास अहमद, शिराज खान र मोहमद अस्लामले एक एक विकेट लिएका थिए ।
आजै भएको पहिलो खेलमा आयोजक सिंगापुरले विजयी सुरुवात गरेको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको थियो ।
नेपालले आफ्नो पहिलो खेल दोस्रो दिन मंगलबार कतारविरुद्ध खेल्ने छ ।
खेल तालिका :
२२ जुलाई : सिंगापुर भर्सेज कतार
: कुवेत भर्सेज मलेसिया
२३ जुलाई : कतार भर्सेज नेपाल
: सिंगापुर भर्सेज कुवेत
२४ जुलाई : नेपाल भर्सेज मलेसिया
२६ जुलाई : कतार भर्सेज कुवेत
: सिंगापुर भर्सेज मलेसिया
२७ जुलाई : कुवेत भर्सेज नेपाल
: मलेसिया भर्सेज कतार
२८ जुलाई : सिंगापुर भर्सेज नेपाल