काठमाडौँ । गोरखाको प्रहरीले गुफामा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ ।
धार्चे गाउँपालिका -३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि गुफामा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो ।
चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङलाई पक्राउ गरेपछि उनले नै गुफामा सुन लुकाइराखेको बताए अनुसार नै सो सुन भेटिएको हो ।
गुरुङ भरिया मात्रै हुन् वा सुन तस्कर भन्ने खुलेको छैन । तिब्बतबाट भारतीय बजार लैजानका लागि सुन त्यँहा राखिएको हुनसक्ने प्रहरीको अनुमान गरेको छ ।
बरामद गरिएको सुन र गुरुङलाई माछीखोला प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको जानकारी दिएको छ ।