सरिता अर्यालको ‘मेरो अपहरण’ सार्वजनिक

खरीबोट

काठमाडौँ । साहित्यकार सरिता अर्यालको नियात्रा सङ्ग्रह ‘मेरो अपहरण’ सार्वजनिक भएको छ । यहाँ आज आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले एक समारोहका बीच पुस्तक सार्वजनिक गरेका छन् ।

उनले मेरो अपहरण पुस्तक एउटा ऐतिहासिक कृति रहेको उल्लेख गर्दै  विगतका द्वन्द्व, त्यसमा भएका प्रमुख घटना र कमजोरी पुस्तकमा रहेको बताए । प्रदेश सभासद कुर्मराज शाहीले अपहरणको बेलाको लेखकले आफ्नो मनस्थिति कस्तो भएको थियो प्रष्ट्याएको बताए ।

साहित्यकार तारानाथ शर्माले माओवादी र सरकार पक्ष दुवैका कुरा सुनेर तथस्ट भएर जनयुद्धका विषयमा लेखिएको यो नै प्रथम कृति भएको बताए । प्रतीक ढकालले पीडाले मान्छेलाई लेख्न बाध्य बनाउँछ भन्दै, म मारिदैछु भन्ने ठाउँबाट फर्केर आउँदा कस्तो अनुभूत हुन्छ त्यही अनुभवको दसीको रुपमा पुस्तक रहेको बताए ।

अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले माओवादी द्वन्द्वको समयमा नेपालीले भोगेका अनुभव र अनुभूति पुस्तकमा रहेको बताए । लेखिका अर्यालले जनयुद्धको समयमा कालिकोटमा सरकार र तत्कालीन माओवादी पक्षद्वारा कालिकोटका जनतामाथि गरिएको बर्बर दमनको बारेमा पुस्तकमा लेखिएको बताईन ।

सम्बन्धित समाचार

साहित्यकार तथा पत्रकार विनय कसजूको निधन

काठमाडौं । साहित्यकार तथा पत्रकार विनय कसजूको निधन भएको छ । राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष, चर्चित बाल साहित्यकार  तथा वरिष्ठ पत्रकार कसजूको मंगलबार निधन भएको हो । उनको मंगलबार दिउँसो २

अतिक्रमित भूमि फिर्ता गर्न साहित्यकारको माग

काठमाडौँ । नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन्। मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५औँ

बेलायतमा 'सिर्जनाको घेरा भित्र सरुभक्त' कार्यक्रम सम्पन 

अल्डरशट । पोखरेली मंच यूकेको आयोजनामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती, तत्कालिन राजकीय प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य, मदन पुरस्कार बिजयी बरिष्ठ साहित्यकार सरुभक्तको सिर्जनाको घेरा भित्र

एक बिदेशीको नेपाली साहित्य मोह

यो दोस्रो लक्ष्मीपुजा हो, त्यो घटनापछि । उक्त घटनापछि लक्ष्मीपुजाको दिन त्यो घटना याद आइरहेछ, थाहा छैन अब अरु कतिओटा लक्ष्मीपुजासम्म याद आउने हो । कुनै सनसनीपुर्ण भयानक घटना त


z