• २०८१ बैशाख १६ आइतबार

पहिलोपटक खुलासा, यसरी फैलिन्छ एचआईभी भाइरस 

kharibot

काठमाडौँ । शरीरमा एचआईभी भाइरस कसरी फैलिन्छ भनी वैज्ञानिकहरुले नयाँ खोज गरेका छन् । हालसम्म यो भाइरसको परीक्षण टेस्ट ट्युबको सहायताले गरिन्थ्यो । यसलाई पहिलोपटक थ्री डायमेन्सनल टिस्यु–लाइक वातावरणमा परीक्षण गरियो । ३डी सेल कल्चर एक कृत्रिम वातावरण हो जहाँ सेलहरु उत्पन्न हुन र हुर्किन सक्छन् । यस अध्ययनमा सेल उत्पन्न हुन र हुर्किन मानवको शरीरको जस्तै वातावरण तयार गरिएको थियो ।  

यसबाट पहिलो पटक शरीरमा सेल्सको माध्यमले कसरी एचआईभी भाइरस फैलिन्छ भन्ने पत्ता लागेको छ । 

शरीरमा कसरी यो भाइरस फैलिन्छ भन्ने खोज करीब ३० वर्षअघि सुरु भएको थियो । ३० वर्षपछि बल्ल यसको उत्तर वैज्ञानिकहरुले खोजी गरेका छन् । 

हालसम्म भएका परीक्षण प्लास्टिक ट्युब अथवा प्लेटमा गरिएका थिए । यसले मानव कोशिकामा भाइरसको प्रतिक्रियालाई देख्न सक्दैन । 

मानव शरीरको वातावरणमा भाइरस फैलिनुको कारण पत्ता लगाउन वैज्ञानिकहरुले इमेज प्रोसेसिङ, थियरेटिकल बायोफिजिक्स र म्याथमेटिकल एक्स्पर्ट्सको पनि सहयोग लिएका थिए ।

यसको माध्यमबाट उनीहरुले ३डी वातावरणमा सेल्स र भाइरसको क्रियाकलापको अध्ययन गरे र त्यसलाई कम्प्युटरमा बनाए । यसबाट शरीरको जटिल कोशिका तन्त्रमा एचआईभी भाइरस फैलिनेबारे महत्त्वपूर्ण जानकारी अगाडि आयो । 

यसरी फैलिन्छ भाइरस 

अध्ययनअनुसार मानव शरीरमा रहेका कोशिकाहरुको प्रणालीले भाइरसलाई एक सेलबाट अर्को सेलमा फैलिन बाध्य पार्छ । सेलफ्री भाइरसको संक्रमणलाई मानव सेलले ३डी वातावरणमा प्राकृतिक रुपमा नै दबाउँछ । तर, यस्तो हुँदा एचआईभी भाइरस सीधै सेलको सम्पर्कमा आउँछ र अन्य सेलमा पनि फैलिन थाल्छ । 

वैज्ञानिकहरुले यो नयाँ जानकारी प्राप्त गरेसँगै यस अध्ययनले एचआईभी भाइरसको उपचारको क्षेत्रमा परिवर्तन ल्याउन तथा भाइरसको संक्रमणलाई रोक्न समेत सहयोग पुग्ने देखाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै