खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल-डिजलको बढ्यो

खरीबोट

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको छ ।

निगमले मंगलबार रातिदेखि लागू हुने गरी ग्यासको मूल्य घटाएको हो ।

अब उपभोक्ताले ग्यास १३ सय ७५ रुपैयाँमा पाउनेछन् । यसअघि ग्यासको मूल्य १४ सय रुपैयाँ थियो । निगमले ग्यासको मूल्य घटाए पनि पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने बढाएको छ ।

पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा ५० पैसा मुल्य बढाएको छ । 

अब उपभोक्तालाई काठमाडौंमा पेट्रोल १०९ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विरेन्द्र गोइतले खरीबोटलाई जानकारी दिए ।

निगमले आर्थिक वर्ष २०७५-७६ मा एलपी ग्यासमा करीब रु छ अर्ब नोक्सानी ब्यहोरेको थियो । जसको कारणले हालसम्म स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन सक्ने अवस्था आएको थिएन ।

मूल्य समायोजन गरेपश्चात् पनि वीरगञ्ज नाकामा नेपालतर्फको मूल्य रक्सौलकोे तुलनामा पेट्रोल र डिजेलमा प्रतिलिटर क्रमश १४ रुपैयाँ ३७ पैसा र १५ रुपैयाँ ४७ पैसा सस्तो रहेको निगमका प्रवक्ता गोइतले जानकारी दिए । 

  

सम्बन्धित समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । नेपाल-भारत पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका अवसरमा निगमले इन्धनमा मूल्य घटाएको निगमले जनाएको छ । निगमका प्रवक्ता

आयल निगमको सेवा विस्तार, आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्न सकिने 

जनकपुरधाम । नेपाल आयल निगम लिमिटेडद्धारा शुक्रबारदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप

पेट्रोलियम पदार्थको मूल्य घट्यो 

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरि पेट्रोलियम पदार्थको मुल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा

पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्य सूची अनुसार बुधबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको


z