• २०८१ बैशाख १५ शनिबार

रारामार्ट अनलाईनमा हरेक शुक्रबार ‘सपिङ्ग–डे’ : सपिङ्ग गर्दा ‘निशुल्क स्वास्थ्य बीमा’

kharibot

काठमाडौँ । नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरुभएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ ।

करिब ६ महिना अघिदेखी नेपालमा रारामार्ट डटकम नामबाट संचालनमा आएको रारामार्टले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सपिङ्ग गर्दा परिवारको निशुल्क स्वस्थ्य उपचार दिने घोषणा गरेको छ ।

रारामार्ट नेपालका अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए ।

रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् । कम्पनीका अध्यक्ष पाण्डेका अनुसार यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजानिक भएको हो । 

अध्यक्ष पाण्डेका अनुसार रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बीमा सुबिधा न्यूनतम् २५ हजार र अधिकतम् १ लाख रुपैयाँ हुनेछ र सुबिधा रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टहरु मध्ये जुनसुकै प्रडक्टहरु खरिद गर्दापनि यो सुबिधा प्राप्त गर्न सकिने छ । उनले बीमा दाबी र भुक्तानी सम्बन्धी प्राबधानहरु नेपालको बीमा सम्बन्धी ऐन तथा बीमा समिती नेपालको निर्देशिकाहरुमा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.बाट प्राप्त गरिने छ ।

रारामार्ट ईकमर्श प्लाटफर्म हो जसमा करिब २५ हजार प्रडक्टहरु सुचिकृत रहेका छन् । ग्राहकहरुले आफुले चाहेको सामानहरु ईन्टरनेटको माध्यमबाट खरिद गर्न सक्छन भने बिक्रेताहरुले पनि आफ्ना बस्तुहरु रारामार्टको प्लाटफार्ममा दर्ता गरी बिक्री बितरण गर्न सक्छन ।

अध्यक्ष पाण्डेका अनुसार रारामार्टले पहिलो पटक काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरुगरिएको बताए । उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ ।

रारामार्टमा हाल करिब १ हजार भन्दा बढि बिक्रेताको करिब २० हजारभन्दा बढी सामानहरु रहेको छ ।

कार्यक्रममा रारामार्ट जापानका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले रारामार्ट नेपाल यतिबेला आक्रामक कार्यक्रमहरु बनाएर अघि बढिरहेको र नेपालको उत्साहप्रद व्यसायीक बिस्तारले आँफुहरुलाई हौसाईरहेको बताए । उनले रारा ग्रुपले अमेरिकामा कम्पनी दर्ता गरिसकेको र सन् २०२० मा अमेरिकाबाट पनि कार्य प्रारम्भ गर्नेछ । कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो ।

हरेक शुक्रबार ‘सपिङ्ग–डे’ :

नेपालीहरुको अगुवाईमा जापानबाट शुरुभएको रारामार्ट अनलाईन सपिङ्ग ब्राण्डले नेपालमा समेत आफ्नो सेवा प्रारम्भ गरेको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच रारामार्ट नेपालले एक अनौठो कार्यक्रमको घोषणा गरेको छ । अबदेखी हरेक शुक्रबारलाई अनलाईन हाटबजारका रुपमा भारी छुटमा सामानहरु बिक्री गरिने गरी ‘रारा फ्राईडे’ सार्वजानिक गरिएको छ ।

नेपालमा भौतिक रुपमा हाट बजार रहेपनि अनलाईनमा हाट बजार सुरु गरिएको भने यो पहिलो पटक हो । कुनै ठाउँ बिशेषमा भौतिक रुपमा हाट बजार लागेपनि सबै उपभोक्ताहरुलाई उक्त ठाउँमा पुगेर सामान किन्न असम्भव हुनेहुँदा रारामार्टले ईन्टरनेटको माध्यमबाट सबैलाई पहुँच पुर्याउन यस्तो कन्सेप्ट सुरुगरेको आयोजकहरुले बताएका छन । रारा फ्राईडे भोली श्रावण २४ गते देखी हरेक हप्ता शुक्रबार राति १२:०० बजेदेखी २४:०० बजेसम्म रहने छ । आयोजकहरुका अनुसार भोली शुक्रबार रारा फ्राईडेमा तीज बिशेष बस्तुहरु न्यूनतम् ५० प्रतिशत छुटमा बिक्री हुनेछ ।

कार्यक्रममा रारामार्ट नेपालका अध्यक्ष प्रदिपजंग पाण्डेले रारा फ्राईडे मार्फत नेपालमा हरेक शुक्रबारलाई सपिङ्ग–डेका रुपमा बिकाश गर्न लागिएको बताए । ‘रारा फ्राईडे मार्फत नेपाली उपभोक्ताहरुले सस्तो मुल्यमा सामानहरु पाउने र बिक्रेताले पनि स्टक क्लियरिङ्गका लागी ठुलो परिमाणमा बिक्री बितरण गर्न सक्नेछन्’ कम्पनीका अध्यक्ष पाण्डेले भने ।

कम्पनीको सेवा सुबिधाबारे कम्पनीका अध्यक्ष पाण्डेले पहिलो पटक रारामार्टले काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरु गरेको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् । यदी त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ’ । उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ ।

यसैबिच रारामार्टले आफ्नो वेभसाईटबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारको निशुल्क स्वस्थ्य उपचार दिने पनि घोषणा गरेको छ । रारामार्ट नेपालका अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् । 

कार्यक्रममा प्रिमियर ईन्स्योरेन्स कम्पनीका निमित्त प्रमूख कार्यकारी अधिकृत सहदेब तिवारीले रारामार्टको हेल्थ ईन्स्योरेन्स कार्यक्रममा आफुहरु सहभागी हुन पाएकोमा खुसी लागेको बताउँदै आफ्नो कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउने बताए ।

कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै