• २०८१ बैशाख १५ शनिबार

मुक्तिनाथ विकास बैंक र विराट आँखा तथा सञ्जीवनी हस्पिटलबीच सम्झौता 

kharibot

मोरङ । मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जीवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छूट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौतापत्रमा सञ्जीवनी हस्पिटलका तर्फबाट प्रबन्धनिर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर वज्राचार्यले हस्ताक्षर गरेका छन् ।  

विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसँग पनि बैंकका ग्राहकलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौतापत्रमा विराट आँखा हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर वज्राचार्यले हस्ताक्षर गरे । 

यस सम्झौतापश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले सञ्जीवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था छ । 

मुक्तिनाथ विकास बैंकले देशभर ११८ वटा शाखा, २२ वटा एटीएमबाट करिब ७ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्बा, मोबाइल बंैकिङ सुविधाका साथै भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराउँदै आएको छ । 

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आबद्ध गरी जीवन वरदान बचत खाता तथा, आकर्षक सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै