• २०८१ बैशाख १७ सोमबार

साताको सेयर : नेप्से १२ सय २४ बिन्दुमा, एक अर्ब ७८ करोडको कारोबार 

kharibot

काठमाडौ । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७१ कम्पनीहरुको ५१ हजार चार सय १६ वटा कारोवार भएकाछन् ।

जसअनुसार ७५ लाख ४४ हजार १३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७८ करोड ९२ लाख २३ हजार तीन सय ६६ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा घटी हो । 

गत साता भने नेप्सेमा एक सय ७३ कम्पनीहरुको ५६ हजार आठ सय नौ वटा कारोवार भएको थियो । जसअनुसार ७४ लाख ३८ हजार सात सय ५८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब १९ करोड १३ लाख ८७ हजार छ सय ३६ रुपैयाँ पुगेको थियो ।

यो साता बजार परिसुचक १२ सय २४ दसमलव तीन बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ६४ दसमलव तीन अंकमा पुगेर रोकिएको छ ।

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो भने दोस्रो दिन नेप्से बढेको थियो ।  

पहिलो दिन बजार परिसुचक चार दसमलव ८४ अंकले घटेर १२ सय ३३ दसमलव ७१ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव चार अंकले ओरालो लागेर दुई सय ६७ दसमलव ६० अंकमा झरेको थियो । दोस्रो भने बजार परिसुचक शुन्य दसमलव १३ अंकले बढेर १२ सय ३३ दसमलव ८५ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव १२ अंकले बढेर दुई सय ६७ दसमलव ७२ अंकमा चढेको थियो ।

तेस्रो दिन भने बजार परिसुचक दुई दसमलव ७८ अंकले घटेर १२ सय ३१ दसमलव सात अंकमा झरेको थियो भने सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ५८ अंकले घटेर दुई सय ६७ दसमलव १४ अंकमा झरेको थियो ।

साताको चौथो दिन सेयर बजार परिसुचक पाँच दसमलव १७ अंकले घटेर १२ सय २५ दसमलव ९० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २२ अंकले घटेर दुई सय ६५ दसमलव ९३ अंकमा झरेको थियो । साताको पाँचौ दिन पनि सेयर बजार परिसुचक एक दसमलव ८६ अंकले घटेर १२ सय २४ दसमलव तीन अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव २४ अंकले घटेर दुई सय ६४ दसमलव ६८ अंकमा झरेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको  रसुवागढी हाईड्रो पावर कम्पनी, साञ्जेन जलबिद्युत कम्पनी, प्रभु बैंक, एनआईसी एशिया बैंक आदि परेकाछन । 

यसैगरी कारोवार भएको सेयर संख्याको आधारमा भने यो साता साञ्जेन जलबिद्युत कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुछ्रे  बैंक आदि परेकाछन । 

बजार पुंजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैक लगायतका कम्पनीहरु अगाडि परेकाछन । सेयर सुचीकरणतर्फ भने यो साता नेपाल इन्भेष्टमेन्ट बैंकको जेबिल्स फाईनान्सको नाउँमा रहेको सेयर सुचीकृत भएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै