• २०८१ बैशाख १८ मंगलबार

नुवाकोटमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

kharibot

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिए ।

उनका अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो ।

उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै