• २०८१ बैशाख १७ सोमबार

राजतन्त्र फर्काउछु भन्नेहरुलाई प्रधानमन्त्रीको चेतावनी : बेमौसमी बाजा नबजाऊ ! 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परेको बेला व्यवस्थाको विरोध गर्नेहरुका विरुद्ध सरकार अगाडी आउने बताएका छन् ।   

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो विचार व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्ने नाममा प्रतिगमन उल्टाउन खोज्ने, व्यवस्था उल्टाउछु भन्ने कुरा सरकारलाई मान्य नहुने बताए । सरकारको मौनतालाई कमजोरी ठानेर केहि प्रतिगामी तत्व सडकमा आउदैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउछु भन्ने कुराहरुलाई चेतावनी दिदै संस्था जिउदै हुदा आफुहरु लडेर ठेगान लगाएको बताउदै अहिले बेमौसमको बाजा नबजाउन समेत आग्रह गरे । सरकारले अहिले उदारता देखाएको नपत्याएर हो भन्दै प्रधानमन्त्रीले सरकारले पत्याएको दिन लोकतन्त्र गणतन्त्रको रक्षा सरकारले गर्ने बताए ।

प्रधानमन्त्री ओलीले पद नगएको कोहि दुनियामा आफुले नदेखेको बताउदै जननिर्वाचित सबैको पद जाने बताउदै आगामी निर्वाचनपछि आफुलाई बस्ने मन नभएको बताए । प्रधानमन्त्रीले निर्वाचनसम्म धैर्य गर्न आग्रह गरेका छन् ।

सम्बोधनको शुरुमै प्रधानमन्त्री ओलीले यस अघि आफुले बोल खोज्दा अवरोध भएको भन्दै अहिले बोल्न पाएकोमा खुशी व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले अहिलेको लोकतन्त्र उत्कृष्ट रहेको दाबि गर्दै अहिलेको संबिधानले उचित प्रतिनिधित्व गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च जनप्रतिनिधि संस्था संसदलाई मर्यादित बनाउन सबै पक्षलाई आग्रह समेत गरे । संसदलाई प्रभावकारी बनाउने र सुन्दर बनाउने सबैको जिम्मेवारी भएको उनले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र नयाँ प्रणाली भएकोले पुरानो प्रणालीका पक्षधरहरु यस देशमा रहेको र लोकतन्त्र दमनकारी प्रणाली नभएको हुनाले खुलेयाम गतिबिधि गर्न पाएको बताए । नयाँ व्यवस्थाले राम्रोसँग परिपक्क हुन नपाउदै व्यवस्थाको विकल्प खोज्न थाल्नु उचित नभएको बताए ।

प्रधानमन्त्री ओलीले अहिले कानुन निर्माणको काम लगभग पुरा हुने क्रममा रहेको बताउदै बाँकी रहेका सबै कानुनको निर्माण यसै अधिवेशनमा गरिसक्नुपर्ने बताए । कानुनको निर्माण छिटो गतिमा हुनुपर्ने बताउदै निर्माण मै ढिलो भए त्यसको कार्यान्वयनमा ढिलाई हुने बताए ।

संबिधान जारी भएपछि संबिधानले तोकेका कामहरु सकेपछि अब सरकारको ध्यान सुशासन र विकासमा रहेको बताउदै समृद्ध नेपाल र सुखी नेपाली बनाउनेमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले सम्पन्नता हासिल गर्ने कुरा र शान्ति सुरक्षा हासिल गर्ने विषयमा सरकारले ध्यान केन्द्रित गरेको बताए । सरकारले सुशासन र विकासका लागि ध्यान केन्द्रित रहेको बताए ।

सरकार अहिले विकासमा केन्द्रित भएको भन्दै नेपालको इतिहासमै पहिलो पटक ७ प्रतिशत आर्थिक वृद्धि भएको बताउदै विकासलाई अगाडी बढाउन नयाँ नयाँ रणनिति अगाडी बढाएको बताए । सरकारका नीतिहरुलाई कार्यान्वयन गर्न नयाँ परिपाटीको सुरुवात गर्दै प्रधानमन्त्री र मन्त्री तथा मन्त्री र सचिवका बिचमा सम्झौता गरिएको बताए । यसले पुँजीगत खर्चमा वृद्धि भइ सेवा प्रभावकारी हुने दाबि गरे ।

अघिल्लो बर्ष अनेक हिसाबले आधार बर्ष बनेको बताउदै प्रधानमन्त्री ओलीले कानुन निर्माण र विकासको आधार तयार गरेको बताए । 

भ्रष्ट्रचार नियन्त्रण गर्न अख्तियार सक्रिय भएको बताउदै यस बर्ष आयोगको इतिहासमै धेरै भ्रष्ट पक्राउ गरेको प्रधानमन्त्री ओलीले बताए । सरकारले सार्वजनिक जग्गा-सम्पत्तिको खोजि गरेर यसको संरक्षण गर्ने अभियान नै चलाएको बताउदै यसमा सरकारले कुनै सम्झौता नगर्ने बताए ।

प्रधानमन्त्री ओलीले यसै साता सत्य मेलमिलाप तथा निरुपण आयोग र बेपत्ता आयोग गठन गरिने बताए । सरकार द्वन्दका घाउहरुलाई अझ लम्बाउन नचाहेको बताउदै यसै साता आयोग गठन हुने जानकारी दिए ।

संघ, प्रदेश र स्थानीय तहका आ-आफ्ना जिम्मेवारीलाई सहि ढंगले निभाउदै अगाडी बढेको बताउदै प्रधानमन्त्रीले नयाँ व्यवस्था भएकाले केहि व्याबहारिक कठिनाइ आएको बताए । नयाँ प्रणाली पहिलो बर्ष मै अत्यन्त सहज ढंगले गाडी बढ्नु राम्रो कुरा भएको बताउदै आउदा दिनमा अझ सजिलो हिसाबले अगाडी बढ्ने बताए ।

बाढी-पहिरोबाट यस बर्ष धेरै ठुलो क्षति भएको बताउदै प्रधानमन्त्री ओलीले सरकारले राहत उद्धारका काम गर्न लागि रहको बताउदै पुनर्स्थापनाका काम छिटै सुरु गरिने बताए ।

प्रधानमन्त्रीले रोजेर ल्याएको प्रणालीलाई बलियो बनाउन र संसदको मर्यादालाई कायम राख्न सबैलाई आग्रह गरेका छन् ।       
 
   
        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै