• २०८१ बैशाख १७ सोमबार

सहमति अनुसारनै सरकारको नेतृत्व फेरिन्छ: प्रचण्ड

kharibot

जनकपुरधाम । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका हुन् ।

सोमबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने बताएका हुन् ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावसम्मका लागि आफू नै प्रधानमन्त्री रहने दृढता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले अर्को चुनावपछि आफूलाई पनि पदमा बसिरहन रहर नभएको भन्दै त्यतिबेलासम्म धेर्य गर्न आग्रह गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै