• २०८१ बैशाख १८ मंगलबार

नेकपामा प्रचण्ड र नेपाल असन्तुष्ट

kharibot

काठमाडौं । सत्तारुढ नेकपामा पछिल्लो घटनाक्रमपछि नयाँ समीकरण बन्ने संकेत देखिएको छ । बामदेव गौतम अध्यक्ष केपी शर्मा ओलीसँग मिलेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेकपामा पेलिएको महसुस सार्वजनिक रुपमा गरेका छन् ।

सोमबार जनकपुरमा दुवैले व्यक्त गरेका अभिव्यक्तिले उनीहरुको असन्तुष्टि प्रकट भएको हो ।

प्रचण्ड र नेपाललाई अर्का अध्यक्ष ओलीले एकै पटक झट्का दिएको राजनीतिक विश्लेषकहरुले विश्लेषण गरेका छन् । संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु अर्को निर्वाचनपछि प्रधानमन्त्री नबन्ने बताए प्रचण्डलाई पाँच बर्ष धैर्य गर्न आग्रह गरेको सबैको बुझाइ छ । मिडिया रिपोर्टसका अनुसार ओलीले पार्टीको जिम्मेवारी दिनेगरी स्कुल बिभागमा सहमत गराएको भनिए पनि त्यो कार्यान्वयन हुने सम्भावना कमै रहेको र प्रचण्डले आफुलाई फेरी धोका भएको महसुस गरेको बुझ्न सकिन्छ ।

सोमबार तत्कालीन माओवादीका नेता रामवृक्ष यादवको स्मृतिसभालाई सोमबार बर्मझिया जाने क्रममा प्रचण्डले सार्वजनिक रुपमै सहमति अनुसार नै सरकारको नेतृत्व परिवर्तन हुने दाबि गरे । त्यति मात्र होइन प्रचण्डले केहि दिन अघि आफ्नो निराशा व्यक्त गर्दै पार्टी एकीकरण नगरेको भए धेरै विकल्प बाँकी रहने थिए भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।

जनकपुरमा प्रचण्डले घुमाउरो किसिमले सरकारको आलोचना गरेका छन् । प्रचण्डले भने, 'तपाईँले गरेको त्याग र बलिदानीअनुसार प्रतिफल पाउनुभएको छ कि छैन ?', सभाका सहभागीलाई सम्बोधन गर्दै उनले सोधे, 'यो प्रदेशको सरकारले के कति काम गर्योी ? सुशासनले गति लियो ? विकास हुन थाल्यो ? सरकार तुरुन्त आएर सहयोग गर्न थाल्यो त ?'
नयाँ परिवर्तनपछि झन् भ्रष्टाचार बढेको र जनतालाई दुःख भएको भन्ने आफूले सुनेको भन्दै उनले सोधे- 'हामी यसैका लागि लडेको हो त ?'

दुई तिहाईको बलियो सरकार हुँदा पनि केही गर्न नसके 'सतिले सरापेको...' भनेजस्तै हुने प्रचण्डले टिप्पणी गरे । 'सरकारमा हुँदा पनि गर्न सकेनौँ भने, पहाडतिर भन्ने गरिन्छ सतिले सरापेको देश...', प्रचण्डले भने, 'हामी जीवित छउन्जेल अरु कुनै पार्टी आएर विकास गर्दैन ।' कम्युनिस्ट पार्टीले मात्र देशको विकास गर्न सक्ने उनको दाबी छ।

त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अपनी आफ्नो असन्तुष्टि सार्वजनिक रुपमा नै पोखेका छन् । नेकपमा तेस्रो वरियतामा रहेका नेपालको वरियाता आइतबारको सचिवालय बैठकले खोसेर चौथो स्थानमा पुर्याएको थियो । सो बैठकमै नेता नेपालले अध्यक्ष ओलीलाई गल्तिको आत्मा आलोचना गर्न बहाना थिए । नेता नेपालले पहिला किन बनाइयो र अहिले किन हटाइदै छ भन्ने प्रश्न गर्दै त्यति बेला झलनाथ खनालसँग बदला लिन आफुलाई तेस्रो वरियता दिएको समेत आरोप लगाएका थिए । साथै अहिले आफूसँग बदला लिन फेरी वरियता खोसेको आरोप लगाउदै गल्तिको आत्मआलोचना गर्न आग्रह गरेका थिए ।

साथै जनकपुर पुगेर नेता नेपालले पार्टी बिधि र प्रक्रियाबाट नचलेको आरोप लगाएका थिए ।

यसरी हेर्दा अध्यक्ष ओलीले एकै निशानाबाट दुई तिर हानेका छन् । प्रचण्ड-नेपालले पछिल्लो पटक सरकारलाई नै अप्ठ्यारो पार्ने अभिव्यक्ति दिइरहेका बेला ओलीले पार्टीमा आफ्नो पकड झन् बलियो पारेको देखिन्छ ।

लामो समयको रस्साकस्सि पछि ओली स्कुल बिभाग आफ्नै विस्वास मात्र इश्वर पोखरेललाई दिन सफल भएका छन् भने लामो समय देखि असन्तुष्ट रहेका बामदेव गौतमसँगको सम्बन्धमा सुधार भएको छ । बामदेवसँगको सम्बन्ध सुधारले मात्र पनि ओलीलाई अब पार्टीमा अप्ठ्यारो नपर्ने देखिएको छ । बामदेव-प्रचण्ड-नेपालको कार्यगत एकतालाई तोड्न सफल भएपछि अब केहि समयका लागि ओलीलाई पार्टीबाट कुनै थ्रेट नरहेको विश्लेषकहरुको बुझाइ रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै