• २०८१ बैशाख १७ सोमबार

मालपोत अधिकृत घुससहित पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कास्कीमा कार्यरत मालपोत अधिकृत अविनाश कुँवरलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले अधिकृत कुवँरलाई ५९ हजार घुससहित मंगलबार पक्राउ गरेको हो । अख्तियारले कुँवरलाई पोखरा महानगरपालिका वडा नं ७ मुस्ताङ्ग चोक नजिकैबाट मंगलबार घुस रकमसहित  नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जनाएको छ ।

मालपोत अधिकृत अविनाश कुँवरले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा पनि सेवाग्राहीसँग ५९ हजार घुस लिएको अख्तियारले जानकारी दिएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै