• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश ३ को प्रदेशसभा बैठक बस्दै

kharibot

मकवानपुर । प्रदेश नं ३ को प्रदेशसभाको वर्षे अधिवेशन अन्तर्गतको बैठक करीब दुई महीनापछि आज पुनःबस्दै छ ।

गत असार १२ मा आर्थिक वर्ष २००७÷७७ को बजेट पारित गरेसँगै स्थगित बैठक आज दिउँसो बस्न लागेको हो । 

भदौ ८ गते दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । आजको बैठकले यसअघि विभिन्न समितिले अन्तिम टुङ्गो लगाएका केही विधेयक पारित गर्ने जनाइएको छ ।

प्रदेशसभा कार्यव्यवस्था समितिकोे बैठकले आजको बैठकमा विभिन्न पाँच विधेयकमाथि छलफल गरी पारित गर्ने  तयारी गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै