• २०८१ बैशाख १८ मंगलबार

बाघको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई ५० हजार हस्तान्तरण

kharibot

बर्दिया(भुरिगाँउ) । आईतबार बिहान बाघको आक्रमणबाट मृत्यु भएका पहरिया थारुका परिवारलाई राहत स्वरुप नगद ५० हजार हस्तान्तरण गरिएको छ। 

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँ स्थित पानी ट्याङ्की नजिक बस्ने वर्ष ७१ को पहरिया थारुलाइ विहान ७:३० बजेको समयमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको बाघले आक्रमण गरी मृत्यु भएको थियो ।

मृतकका परिवारलाई राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत  तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ ।

बर्दियाको ठाकुरद्वारा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्य जन्तु व्यवस्थापन कोषबाट राहत र आयआर्जन वापतका लागि ५० हजार दिईएको कोषका कार्यालय प्रमुख श्याम थापाले बताए। हामीसँग रहेको कोषबाट आयआर्जन र राहत दिइएको रकमले तत्कालका लागि थोरै भए पनि राहत हुने थापाले बताए

तत्काल ५० हजार राहत ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठद्धारा पीडित परिवारलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरणसँगै नगर प्रमुखको राहत कोषबाट १० हजार उपलब्ध गराइने साथै श्रीराम नगर उपभोक्ता समिति भुरिगाँउको तर्फबाट समेत १० हजार उपलब्ध गराइने समेत नगर प्रमुखले बताए । 

घटना दुःखद रहेको र भोलिका दिनमा यस्ता किसिमको घटना नदोहोरिन दिनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्तिका स्थानीयहरु संग बृहत छलफल गरिने समेत नगर प्रमुख श्रेष्ठले बताए । 

मृतकका परिवारलाई नेपाल सरकारबाट प्राप्त हुने १० लाखका लागि कागजी प्रक्रिया मिलाएर हस्तान्तरण गरिने बर्दिया राष्ट्रिय निकुञ्जमा सहायक प्रमुख असोक भण्डारीले बताए । 

बिहिवार पनि बाघको आक्रमणबाट गेरुवा गाँउपालिकामा एक महिलाको मृत्यु भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै