• २०८१ बैशाख १५ शनिबार

एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा

kharibot

रुकुमपूर्व । पुथा उत्तरगङ्गा गाउँपालिकामा एक मेगावाट क्षेमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । गाउँपालिका–११ सेरामा एक मेगावाट क्षेमताको विद्युत् आयोजना निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
 
एशियाली  विकास बैंकको लगानीमा विद्युत् उत्पादन गरिने यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र तत्कालै बोलपत्र आह्वान गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले बताए । उनका अनुसार गाउँपालिकाको रु पाँच करोड र एशियाली विकास बैंकको रु २८ करोड गरी जम्मा रु ३३ करोडको लगानीमा आयोजना निर्माण हुनेछ । 

एक मेगावाट विद्युत् क्षमताको विद्युत् उत्पादन गरी गाउँपालिकालाई झिलीमिली बनाई बाहिर विद्युत् निर्यात गर्ने उद्देश्य रहेको गाउँपालिकाले बताएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा अझै विद्युत् सुविधा पुग्न सकेको छैन । 

एक मेगावाटको विद्युत् आयोजना निर्माण भएपछि ती सबै साना आयोजनालाई पनि राष्ट्रिय प्रशारणमा जोडिनेछ । डेढ वर्षभित्र काम सम्पन्न गरिसक्ने गरी एशियाली विकास बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै