• २०८१ बैशाख १४ शुक्रबार

नेपाली यू-१९ क्रिकेट टिम दोस्रो अभ्यास खेलमा विजयी  

kharibot

काठमाडौं । श्रीलंकामा रहेको नेपाली अन्डर १९ क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा जीत हासिल गरेको छ ।

बर्षाले प्रभावित भएको खेलमा दोस्रो इनिंग ३१ ओभरमा घटाउदै बदुरेलिया क्रिकेट क्लबलाई डक वर्थ लुइस नियमको आधारमा ३१ ओभरमा १६५ रनको लक्ष्य दिइएको थियो ।

बदुरेलियाले २३.१ ओभरमा अल आउट हुदै ८४ रन मात्र बनाएपछि नेपाल ८० रनले विजयी भएको हो । नेपालका लागि बलर सागर ढकालले ५ विकेट लिएका छन् । त्यस्तै कमल सिंह ऐरी  र पवन सराफले २-२ विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए ।

यस अघि नेपालले ४६.४ ओभरमा अल आउट हुदै २०६ रन बनाएको थियो । नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ७६ रनको योगदान दिए भने विकेटकीपर हरि बहादुर चौहानले ५६ रन बनाएका थिए । एक समय २०.३ ओभरमा ८५–५ को कमजोर अवस्थामा पुगेको नेपाललाई रित र हरिले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै सम्मानजक योगफलसम्म पुयाएका हुन् ।

नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर पवन सरार्फलाई शून्यमा गुमाएको थियो । खड्क बोहरा २, कप्तान रोहित कुमार पौडेल ३, आशिफ शेख १४ र सन्दीप जोरा २४ रनमा आउट भए भने कुशल मल्ल डक आउट भएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै