• २०८१ बैशाख १६ आइतबार

सर्लाहीमा पोखरीमा डुबेर बालकको मृत्यु

kharibot

सर्लाही । चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ घरबाट निस्केका बालकको खोजतलास गर्दा गए राति गाउँकै पोखरीमा डुबेको अवस्थामा  शव फेला परेको प्रहरीले परेको थियो । 
 
लागुऔषधसहित तीन पक्राउ 

लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । सीमावर्ती भारतीय बजार सोनबरसाबाट लागुऔषध लिएर नेपाल प्रवेश गरेका सर्लाही चन्द्रनगर गाउँपालिका–८ बबरगञ्जका १६ वर्षीय कविकुमार महतो, ईश्वरपुर नगरपालिका–६ पोखरीयाटोल बस्ने १७ वर्षीय अभिषेक महतो र त्यहीका  १५ वर्षीय  चन्दनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

ब्रहम्पुरी गाउँपालिकाको त्रिभुवननगर भेटिएका उनीहरूलाई शङ्का लागेर  जाँच गर्दा कविकुमार महतोको साथबाट १८ थान नाइट्रोभेट फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै