• २०८१ बैशाख १५ शनिबार

अन्तरिक राजश्वका कम्प्युटर अपरेटर घुससहित पक्राउ

kharibot

बारा । अख्तियारको टोलीले अन्तरिक राजश्व कार्यालय सिमरा बाराका कम्प्युटर अपरेटरलाई ४० हजार नगद सहिँत पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट आएको टोलीले कम्प्युटर अपरेटर सुदिप लामालाई नगदसहित सोमवार साँझ पक्राउ गरेको हो । 

लामो समय देखि कर नतिरेको प्यान नम्बर बन्द गर्न रकममा सहुलियत गरि दिने भन्दै पैसा माँग्दै आएको लामालाई अख्तियारको टोलीले पक्राउ गरेको हो । 

कार्यालय समय पछि साँझ घुस् रकम लिएर सिमराको एक होटेलमा खाजा खान बसेको समया अख्तियारको टोलीले निजलाई रङ्गेहाँत पक्राउ गरेको हो । 

यसैगरी सोमवार नैं मालपोत कार्यालय बाराका नायब सुब्बा हरिमोहन सिंह क्षेत्री घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले कार्यालयमा रहेर सहयोगिको भुमिकामा बिचौलियाको काम गर्ने हरिमोहन सिंह क्षेत्रीलाई पक्रेको हो ।

अख्तियारमा मुद्दा चलिरहेको बिवादास्पद जग्गा मिलाई दिने भन्दै सेवाग्राहीसँग एक लाख रकम माँगेका उनी सोमवार कार्यालय परिसरबाटै सोही रकम लिँदै गर्दा रंङ्गेहाँत पक्राउ परेको हुन् ।

यस अघी साझा संस्थानमा कार्यरत क्षेत्री त्यहाँबाट अवकास पाए लगत्तै मालपोत कार्यालय कलैया बारामा बिचौलियाको रुपमा काम गर्दै आएका थिए । ‘२०७० सालमा करारमा नियुक्ती पाएका उनले कार्यालयबाट कुँनै सेवा सुबिधा पाएका थिएनन् । 

पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडा लगिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै