• २०८१ बैशाख १८ मंगलबार

मिस्बाहलाई पाकिस्तानी क्रिकेटको मुख्य कोच र छनौटकर्ताको जिम्मेवारी

kharibot

काठमाडौं । पाकिस्तान राष्ट्रिय क्रिकेट टिमको मुख्य कोचमा पुर्व कप्तान मिस्बाह उलहक नियुक्त भएका छन् । मिस्बाहलाई बोर्डले तीन बर्षका लागि मुख्य कोचमा नियुक्त गरेको जानकारी दिएको छ ।

मिस्बाहलाई प्रमुख कोचका अतिरिक्त प्रमुख छनौटकर्तासमेत बनाइएको छ । मिस्बाहले पाकिस्तान ६ फर्स्ट क्लास क्रिकेट एसोसियसन र अन्य छनौट कर्ताको नेतृत्व समेत गर्ने भएका छन् ।  

क्रिकेट विश्वकपमा निराशाजनक प्रदर्शनपछि तत्कालिन कोच मिक्की आर्थरले हटाएपछि पाकिस्तानको कोच पद खालि भएको थियो ।

पाकिस्तान क्रिकेट बोर्डले गठन गरेको पाँच सदस्यीय कार्यदलले मिस्बाहलाई कोच छानेको हो । कार्यदलमा इन्तिकाब आलम, बजिद खान, असद अली खान, वाशिम खान र जाकिर खान रहेका थिए ।

त्यस्तै पाकिस्तान क्रिकेट टिमका पुर्व कोच बनिसकेका पुर्व कप्तान वकार युनिस राष्ट्रिय टिमको बलिङ कोच बनेका छन् । वकारलाई पनि तीन बर्षका लागि बलिङ कोचमा नियुक्त गरिएको छ ।

मुख्य कोच बनेका मिस्बाह र बलिङ कोच बनेका वकारको पहिलो सिरिज यहि सेप्टेम्बर २७ देखि अक्टोबर ७ सम्म हुने श्रीलंकाविरुद्धको सिरिज हुने छ ।

४५ बर्षिय मिस्बाह २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । मिस्बाहले पाकिस्तानलाई ५६ टेस्टमा कप्तानी गरेका थिए जसमा उनले २६ टेस्टमा जित हासिल गरेका थिए । त्यस्तै उनले ८७ एकदिवसीय खेलको समेत कप्तानी गरेका थिए जसमा ४५ जित र ३९ खेलमा हार बेहोरेका थिए ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै