• २०८१ बैशाख २० बिहीबार

कृषिमन्त्री खनाललाई डेँगुको संक्रमण, ग्रान्डीमा उपचार हुँदै

kharibot

काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ग्राण्डी अस्पताल भर्ना भएका छन् ।

डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

मंगलबार साँझबाट टाउको दुख्ने, ज्वरो आउने भएपछि जचाउन मन्त्री खनाल निदान हस्पिटल पुगेका मन्त्री खनाललाई डेंगु संक्रमणको आशंकामा अस्पतालले बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाएको थियो ।

बुधबार साँझ शुक्रराज अस्पतालले डेंगु संक्रमण पुष्टि गरेपछि थप उपचारका लागि ग्राण्डी अस्पताल भर्ना गरिएको र अहिले मन्त्री खनालको अवस्था अहिले सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै