• २०८१ बैशाख १४ शुक्रबार

नेइमारको गोलमा ब्राजिल हारबाट बच्यो

kharibot

काठमाडौँ । मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिल र कोलम्बिया २-२ गोलले बराबरीमा रोकिएका हुन् ।

२-१ गोल अन्तरले पछि परेको अवस्थामा ब्राजिललाई नेइमारले गोल गर्दै ब्राजिललाई हारबाट बचाएका हुन् । ब्राजिलका लागि पहिलो गोल कासेमिरोले गरेका हुन् । कासेमिरोले गरेको गोल नेइमारले असिस्ट गरेका थिए । 

गत जुनमा इन्जुरीका कारण मैदान बाहिर रहेका नेइमार कोपा अमेरिका समेत खेल्न सकेका थिएनन् । करिब तीन पछि मैदानमा आएका नेइमार उच्च लयमा देखिएका छन् ।

नेइमार ब्राजिलका लागि रोनाल्डोको रेकर्ड तोड्न एक गोल मात्र पछाडी छन् । रोनाल्डोले ब्राजिलका लागि ६२ गोल गरेका थिए भने नेइमारले ९८ खेलमा ६१ गोल गरेका छन् । त्यस्तै पेलेले ब्राजिलका लागि ७७ गोल गरेको रेकर्ड छ ।

कोलम्बियाका लागि भने दुवै गोल लुइस फेर्नान्डो मुरिएलले गरेका थिए । मिरिएलले पहिलो गोल पेनाल्टीबाट गरेका थिए भने ३४औ मिनेटमा दोस्रो गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।

यो जितसँगै ब्राजिल लगातार १७ खेलमा अपराजित भएको छ ।

ब्राजिलले अब बुधबार अर्को मैत्रीपूर्ण खेल पेरुसँग खेल्ने छ भने कोलम्बियाले सोहि दिन भेनेजुएलासँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै