• २०८१ बैशाख १७ सोमबार

प्रहरी जवान घुससहित पक्राउ 

kharibot

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले पाँच हजार घुस लिँदै गरेका पर्सामा कार्यरत प्रहरी जवान गम्भीरा साह तेलीलाई रंगेहात पक्राउ गरेको छ ।

सोमवार दिउँसो वीरगञ्जको माईस्थान चोकको दही पसलमा बसेर सेवाग्राहीसँग नगद पाँच हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ परेका प्रहरी जवान तेलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा लगी थप अनुसन्धान गरिने टोलीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै