काठमाडौँ । अन्तरिक्ष वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीको अलावा एक अर्को ग्रहमा पानी रहेको पत्ता लगाएका छन् । जँहा जीवनको सम्भावना रहेको बताइएको छ ।
यस ग्रहमा पानीसहित मानिसलाई अनुकुल हुने तापमान समेत रहेको खुलासा भएको छ ।
लन्डनका वैज्ञानिकले नेचर नामको पत्रीकामा यस बारेमा एक लेख लेख्दै यस्तो बताएका हुन् ।
सो रिपोर्टमा सो ग्रह पृथ्वीभन्दा दुई गुणा ठुलो रहेको बताउदै त्यंहाको तापमान शुन्य देखि ४० डिग्री सेल्सियसको बिचमा रहेको उल्लेख गरेका छन् ।
वैज्ञानिकहरुले अहिले यो ग्रहलाई के२-१८बि नाम दिएका छन् । यो ग्रह ११११ प्रकाश बर्ष टाढा रहेको छ । खगोलशास्त्रीहरुले धेरै टाढा रहेकोले अहिले तुरुन्तै त्यँहा पुगेर सबै कुरा पत्ता लगाउन मुश्किल हुने बताएका छन् ।
तर वैज्ञानिकहरुले एखी बर्षमा अत्याधुनिक टेलिस्कपको मद्दतले पत्ता लगाउने सकिने विश्वास गरेका छन् ।
क्यानडास्थित युनिभर्सिटी अफ मोंट्रीयालका प्रोफेसर बियर्न बेनेकले यस खोजको नेतृत्व गरिरहेका छन् ।
प्रोफेसर बेनेक भन्छन् – यो पहिलो पटक जब हामी पृथ्वीको अलावा अन्य कुनै ग्रहमा साच्चै पानी रहेको र वाष्प देखिएको छ । यो ग्रह यस्तो ठाउमा जँहा पृथ्वीलाई सुर्यबाट मिल्ने जत्तिकै उष्म प्रयाप्त मात्रामा मिलिरहेको छ यसै कारणले यँहा जीवन सम्भव देखिएको छ ।
प्रोफेसर बेनेकले पृथ्वीसँग समानताका वावजुद यो ग्रह पृथ्वीभन्दा निकै अलग रहेको बताउछन् । उनी अगाडी भन्छन् – मलाई लाग्छ अहिले यसको तुलना पृथ्वीसँग गर्दा थोरै सावधान रहनुपर्छ ।किनकी यो कैयो प्रकारले अलग रहेको छ । यसको व्यास पृथ्वीको व्यासभन्दा
लगभग ढाई गुणा ठुलो रहेको छ । हामीलाई थाहा छ की यस प्रकारका ग्रहमा चारैतर्फ ग्यासको मोटो आवरण समेत हुने गर्दछ । र जब हामि यसको भित्र जान्छौ त्यसपछि यसको तापमान समेत बढ्ने गर्दछ ।
वैज्ञानिकहरुका अनुसार के२-१८बि अहिलेसम्मको सौर्य मण्डलभन्दा बाहिर एकमात्र यस्तो ग्रह हो जँहा जीवनको आशा गरिएको छ । तर अहिले यस बारेमा अझै धेरै पत्ता लगाउन बाँकी रहेको बताइएको छ ।