काठमाडौँ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको टी-२० लिग बिग बाश लिगमा लगातारो दोस्रो सिजन खेल्ने भएका छन् ।
सन्दीपलाई अघिल्लो सिजनको फ्रेन्चाईजी क्लब मेलवर्न स्टार्सले आउदो सिजनका लागि पनि अनुबन्ध गरेको हो ।
हाल क्यारेबियन प्रिमियर लिग खेलीरहेका सन्दिप आगाम इदिसेम्बर १७ देखि फेब्रुअरी ८ सम्म हुने बिग बाश लिग खेल्ने छन् ।
गत सिजनमा ८ खेल मात्र खेल्दै ११ विकेट लिएका सन्दीपले मेलवर्न स्टार्सबाट गत सिजनको फाइनल खेलेका थिए । फाइनलमा मेलवर्न पराजित भएपनि सन्दीपले किफायती बलिङ गर्दै ४ ओभरमा केवल ११ रन दिएका थिए ।
गत सिजनमा सन्दीपले कुल ८ खेलमा ११ विकेट लिदा उनको उत्कृष्ट प्रदर्शन ४ ओभरमा ११ रन दिएर ३ विकेट रहेको थियो । बिग बाश लिगमा सन्दीपको इकोनोमी ६.५७ रहेको छ ।
गत सिजनमा ६० हजार डलरमा अनुबन्ध भएका सन्दीप यस सिजनमा थप रकमका साथ अनुबन्ध भएको बताइएको छ । याधय्पी सो रकम भने खुलाइएको छ ।
मेलवर्न स्टार्सले पनि आउदो सिजनका लागि सन्दीप अनुबन्ध भएको निश्चित गरेको ।
मेलवर्न स्टार्सले अहिलेसम्म दुई पटक फाइनलमा पुगेपनि बिग बाश लिगको उपाधि भने जित्न सकेको छैन ।