• २०८१ बैशाख १६ आइतबार

बलात्कार मुद्दामा दोषी ठहरपछि प्रो क्लबको फाइनलमा टिम बाहिर सन्दीप

kharibot

पर्सा । पर्साको नारायणी रंगशाला जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल सन्दीप लामिछानेलाई टिम बाहिर राखिएको छ ।

पर्सा- ११ को कप्तानी गरेका सन्दीपले नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा टिम बाहिर राखिएको हो । 

शुक्रबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सन्दीप नखेलेसँगै पर्साको कप्तानी सुरज पटेलले गरेका छन् ।

सन्दीपले यस प्रतियोगिताका ६ खेलमा ११ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै