एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

खरीबोट

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पु¥याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् । 
रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले देशमा ठूलाठूला भ्रष्टाचार काण्डलाई संसद्ले छानबिन गर्न सक्ने बताउँदै कार्यपालिका र न्यायपालिकाले न्याय दिन उदासिन भएको अवस्थामा अव संसदमाथि आशा र भरोसा गर्नुपर्नेमा जोड दिएका हुन् । 
उक्त प्रकरण ठूलो भ्रष्टाचारको काण्ड भएको बताउँदै उनले यस काण्डमा रु ४० अर्बको कर छली भएकाले त्यसको निराकरण गर्न सके देशमा लागेका भ्रष्टाचारका सबै धमिरा अन्त्य हुने विश्वास व्यक्त गरे । राज्य व्यवस्था, संरचना र संयन्त्रमा क्रमशः धमिरा लाग्दै गएको बताउँदै  उनले ती भ्रष्टाचार काण्डको विषयमा सशक्त रूपमा सदनमा उठाउने, सङ्घर्ष र आन्दोलनको रुपमा समेत लैजाने बताए । 
ठूला प्रशासक, ठूला व्यापारी र प्रमुख राजनीतिक दलको संरक्षणमा भएको उक्त प्रकरणमा सर्वोच्च अदालत समेतले त्रुटिपूर्ण फैसला गरी न्याय मारेको उनले आरोप लगाए । 

सम्बन्धित समाचार

धर्म संस्कृतिप्रति उदासिन हुदा बिकृती बढ्यो - कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका  अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रती उदासिन हुँदा बिकृती बढेको बताएका छन् । पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले धर्म संस्कृतिले मानिसलाई

काठमाडौंमा पनि कमल थापाले जिते टेनिस उपाधि

काठमाडौं । नेपाल लन टेनिस एशोशियसनद्वारा काठमाडौंमा आयोजित "नेपाल आईटिफ सेकेण्ड वल्ड र्‍याङ्किङ्ग च्याम्पियनसीप ग्रेड -३" को ५५ बर्ष उमेर समुहको उपाधी कमल थापाले जितेका छन् । आज सातदोबाटो स्थित टेनिस

आईटीएफ टेनिसमा कमल थापाले जिते उपाधि

पोखरा । ५५ वर्ष उमेर समूहभन्दा माथिको आईटीएफ सिनियर टेनिस प्रतियोगिताको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् । राप्रपाका अध्यक्षसमेत रहेका थापाले पोखरामा जारी उक्त प्रतियोगितामा प्रतिद्वन्द्वी भारतीय खेलाडी

आईटिएफ सिनियर टेनिसको पहिलो खेलमा कमल थापा विजयी 

पोखरा । राप्रपाका अध्यक्ष कमल थापा पोखरामा जारी आईटिएफ सिनियर टेनिस प्रतियोगिताको ५५+ समुहको पहिलो खेलमा विजयी भएका छन् । थापाले कास्की टेनिस संघको आयोजनामा पोखरामा आजदेखि शुरु भएको आईटिएफ सिनियर


z