फोटोग्राफरले स्मार्टफोन हटाएपछि देखिएको एक्लोपन...

खरीबोट

(यो फोटो फिचर अमेरिकी अनलाइन पत्रिका क्वार्ट्जबाट भावानुवाद गरिएको हो । यहाँ भएका तस्वीर अमेरिकी फोटोग्राफर एरिक पिकर्सगिलले खिचेर इडिट गरेका हुन् ।) 

अमेरिका । के तपाईले यो फोटो फिचर आफ्नो हाते डिभाइसमा त हेर्दै हुनुहुन्न ? सायद पक्कै पनि तपाईं आफ्नो स्मार्टफोन, ट्याब अथवा अन्य कुनै ग्याजेट हातमा लिएर यो फिचर हेर्दै हुनुहुन्छ ।

अब कल्पना गर्नुहोस्, यदि त्यो डिभाइस अचानक गायब भयो भने तपाईं कस्तो देखिनुहुन्छ होला ?  एक्लो ? केही पागलजस्तै ? अर्कोतिर रहेको सुन्दर दृश्य अनि व्यक्तिलाई बेवास्ता गरेजस्तो ? 

हामीले बोकिरहेका ती ग्याजेटका स्क्रीनले हामीलाई शोषण गरिरहेका छन् । घरपरिवार अनि साथीभाइसँग समूहमा रहँदा समेत हामी तिनलाई बेवास्ता गर्दै आफ्नो ग्याजेटमा झुम्मिरहेका हुन्छौं । यसरी व्यक्तिहरु स्मार्टफोनको शिकार बनिरहेको दृश्य अहिले जताततै देख्न सकिन्छ ।

अमेरिकी फोटोग्राफर एरिक पिकर्सगिलले रिमुभ्ड नामक एक फोटो सिरीजको सुरुवात गरे । उनले यस सिरीजको माध्यमले मानिसहरुको हालको अवस्था कति अनौठो छ भन्ने देखाउन खोजेका छन् ।

उनले आफूले खिचेको हरेक तस्वीरमा व्यक्तिले चलाइरहेको इलेक्ट्रोनिक डिभाइसलाई इडिट गरेर हटाएका छन् । तस्वीरमा देखिएका व्यक्तिहरुले आफ्नो हातमा नियालिरहेको जस्तो देखिन्छ । उनीहरुको हात खाली छ ।

उनीहरुले आफ्नो वरिपरिको सुन्दर परिदृश्य र व्यक्तिगत सम्बन्धलाई पूर्णतया बेवास्ता गरेजस्तो लाग्दछ । यदि हाम्रो हातमा रहिरहेको ग्याजेट अचानक गायब हुँदो हो त त्यसपछि देखिने दृश्य कति अचम्म, डरलाग्दो र दुःखदायक हुन्छ होला । 

 

सम्बन्धित समाचार

निकोन जेड-५० क्यामरा लन्च, फोर-के भिडियो रेकर्डिङसहित यस्ता छन् विशेषता

काठमाडौँ । निकोन कम्पनिले नयाँ जेड सिरिजको जेड-५० क्यामेरा बजारमा ल्याएको छ । क्रप गरिएको सेन्सर एपीएस-सी मिरर लेस क्यामेरा पहिलोको जेड-सेभेन र जेड-सिक्स जस्तो फुल फ्रेम क्यामेराभन्दा पुरै भिन्न रहेको

फोटोग्राफरले स्मार्टफोन हटाएपछि देखिएको एक्लोपन...

अमेरिका । के तपाईले यो फोटो फिचर आफ्नो हाते डिभाइसमा त हेर्दै हुनुहुन्न ? सायद पक्कै पनि तपाईं आफ्नो स्मार्टफोन, ट्याब अथवा अन्य कुनै ग्याजेट हातमा लिएर यो फिचर हेर्दै हुनुहुन्छ

युरोकप छनौटमा जर्मनी र नेदरल्याण्डसको जितपछि रोचक बन्यो समुह सि

काठमाडौँ । युरोकप छनौट अन्तर्गत गएराती नेदरल्याण्डस र जर्मनीले आ-आफ्ना खेल जितेपछि समुह सी को अंक गणित रोचक बनेको छ । जर्मनीले दोस्रो स्थानमा रहेको उत्तरी आयरल्याण्डलाई २-० ले पराजित गर्यो

एपोलो–११ का रोचक तथ्य

अमेरिका । एपोलो–११ ले मानिसलाई पहिलोपटक चन्द्रमामा पुर्याएको तथ्य त धेरैलाई थाहा छ । इतिहासमै पहिलोपटक मानिस एपोलो–११ को सहायताले सन् १९६९ मा चन्द्रमामा पुगेको थियो । नील आर्मस्ट्रङ, बज एल्ड्रिन


z