काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन स्थगित भएको छ ।
बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् ।
प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीबार संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले संबोधन गर्दैछन् । तर नेकपाको तर्फबाट भने संसदीय दलका उपनेता नेम्वाङले नै संबोधन गर्ने भएका छन् ।
आज यस अघि दुई पटक बसेको प्रतिनिधिसभाको बैठक साढे २ बजे फेरी बस्दै छ ।