काठमाडौं । साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ ।
खेलको १३औ मिनेटमा पेनाल्टी गोलमार्फत माल्दिभ्सले अग्रता लिएको हो । पेनाल्टी बक्समा रोशन दोङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपछि प्राप्त पेनाल्टीमा कप्तान आफैंले सहजै गोल गरेका थिए ।
त्यसअघि खेलको दोस्रो मिनेटमा नेपालले गरेको गोललाई रेफ्रीले अफसाईड दिएका तिह्ये । रोशनको फ्रिकिकमा मनीष डाँगीले गोल गरेपनि अफसाइड हुन पुगेको थियो ।
त्यसपछि खेलको २०औ मिनेटमा मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरी गर्नबाट चुकेको छ ।