• २०८१ बैशाख १५ शनिबार

यू-१८ साफ च्याम्पियनपसिप फुटबलको उपाधि भारत जित्यो

kharibot

काठमाडौं । यू-१८ साफ च्याम्पियनपसिप फुटबलको उपाधि भारतले जितेको छ ।

आइतबार सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

नेपाल भने साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको पहिलो खेलमा माल्दिभ्ससंग १-१ गोलको बराबरी खेलेको नेपालले भुटानसंग ३-० को हार बेहोरेको थियो ।

६ देशले भाग लिएको यस प्रतियोगितामा समुह ए मा नेपालसहित भुटान र माल्दिभ्स रहेका थिए भने समुह बि मा भारत बंगलादेश र श्रीलंका रहेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै