• २०८१ बैशाख २३ आइतबार

पशुपतिस्थित बज्रघरअघि भेटिएको बम निस्क्रिय

kharibot

काठमाडौँ । पशुपति क्षेत्रस्थित बज्रघर अघि भेटिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । 

करीब दुई घण्टा बम भएको हल्ला चलेपछि नेपाली सेनालाई खबर गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । 

बम निस्क्रिय बनाएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइ बम राख्ने समूहको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । संविधान एवं राष्ट्रिय दिवसका दिन आज सार्वजनिक बिदा भएकाले पशुपति क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति थियो । 

पशुपति मन्दिरमा विशेष चाड पर्व नपरेका दिन पनि कम्तीमा २० हजार भक्तजन आउने गरेको कोषले जनाएको छ । बेलुकी वाग्मती सन्ध्या आरतीमा भक्तजनको विशेष भीड लाग्ने गर्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै