• २०८१ बैशाख २६ बुधबार

नेकपा सांसदहरुलाई ओली-प्रचण्डको निर्देशन : सरकारले काम गरेको छ भनेर बोल्नुहोस्

kharibot

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सम्पन्न भएको छ । शुक्रबार अपरान्ह बसेको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुलाई सम्बोधन गरेका थिए ।

जानकारी अनुसार अध्यक्षद्धय ओली र प्रचण्डले सांसदहरुलाई जनतामा सरकारले गरेका राम्रा कामको प्रचार गर्न निर्देशन दिएका थिए । त्यस्तै, ओलीले सरकारले यो अवधिमा धेरै ऐन, कानून तथा विद्येयकहरु पारित गरकोले जनतामा जाँदा सरकारका कामको प्रचारप्रसार गर्न सुझाएका थिए ।

‘सरकारले काम गरेको छ भनेर बोल्नुहोस् । सरकार सफल भनेर भन्नुहोस । अब विकास र समृद्धिको काम द्रुत गतिमा अघि बढ्छ ।’ संसदको चौथो अधिवेशन सकिएको अवस्थामा सांसदहरु आ–आफ्नो जिल्ला फर्किने क्रममा आज अध्यक्षद्धयले यस्तो निर्देशन दिएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै