• २०८१ बैशाख १७ सोमबार

रणवीर र आलियाको ‘गली ब्वाय’ ओस्कारमा

kharibot

मुम्बई । रणवीर सिंह र आलिया भट्ट अभिनिती बलिवुड फिल्म गली ब्वायले यस बर्षको ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्मका निर्माता फरहान अख्तरले गली ब्वाय ९२औ ओस्कारका लागि छनौट भएको जानकारी दिएका छन् ।

यस बर्षको ओस्कार अवार्ड आगामी फेब्रुअरी ९ मा आयोजना हुदै छ ।

जोया अख्तरले निर्देशन गरेको गली ब्वायमा एक र्यापरको संघर्षको कथा रहेको छ ।

फिल्ममा रणवीर सिंह, आलिया भट्ट, कल्की कोचिन सिद्धार्थ चतुर्वेदी र विजय राजको अभिनय रहेको छ ।

यस फिल्मले यस अघि दक्षिण कोरियामा आयोजित बुचेन फिल्म फेस्टिबलमा नेटप्याकको बेस्ट एशियन फिल्म अवार्डलगायत कैयौ अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

गत फेब्रुअरी १४ मा रिलिज गली ब्वायले भारतीय बक्स अफिसमा मात्र १४० करोड कमाई गरेको थियो भने विश्वभर करिब २३८ करोड कमाई गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै