बेन्जमाको निर्णायक गोलमा रियल म्याड्रिड विजयी

खरीबोट

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेभिलामाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रियलले सेभिलालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमाले खेलको एक मात्र गोल गरेका छन् । बेन्जमाले खेलको ६४औ मिनेटमा खेलको निर्णायक गोल गरेका थिए । डानी कार्भाजलले असिस्ट गरेको बलमा बेन्जमाले गोल गर्दै यस सिजनमा सेभिलाको अपराजित यात्रालाई रोकिदिएका छन् । बेन्जामाले यस सिजनमा ला लिगामा ५ खेलमा ५ गोल गरेका छन् ।

साथै पछिल्लो च्याम्पियन्स लिग अन्तर्गतको खेलमा पिएसजीसँग लज्जास्पद हार बेहोरेको रियल ला लिगामा भने विजयी लयमा फर्किएको छ ।

रियल म्याड्रिड यो जितसहित ५ खेलमा ११ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने सेभिला ५ खेलमा १० अंकसहित पाँचौ स्थानमा रहेको छ । ला लिगाको शिर्ष स्थानमा भने ५ खेलमा ११ अंकसहित एथलेटिक क्लब रहेको छ ।

रियलले अब अर्को खेल आगामी बुधबार ओसासुनासँग खेल्ने छ ।

सम्बन्धित समाचार

स्थगित एल क्लासिकोको नयाँ मिति सार्वजनिक

काठमाडौँ । स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण स्थगित भएको एल क्लासिकोको नयाँ मिति सार्वजनिक गरिएको छ । स्पेनिस फुटबल फेडेरेशनले यस सिजनको पहिलो एल क्लासिको डिसेम्बर १८ मा गर्न प्रस्ताव गरेको

रियल म्याड्रिडको अप्रत्याशित हारपछि बार्सिलोना शिर्ष स्थानमा

काठमाडौँ । ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल माल्लोर्कासँग १-० गोल अन्तरले पराजित भएको हो । माल्लोर्काको जितमा लागो जुनियरले खेलको एक मात्र गोल

बार्सिलोनाको जितमा 'एमएसजी' को गोल, लिगको शिर्ष स्थानमा पुग्यो

काठमाडौँ । ला लिगा अन्तर्गत बार्सिलोनाले इबरलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा बार्सिलोनाले इबरलाई उसकै घरेलु मैदानमा ३-० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा 'एमएसजी' अर्थात मेसी, स्वरेज

ओसासुनामाथि ग्रानडा विजयी, अंक तालिकामा बार्सिलोनालाई जित्यो

काठमाडौँ । ला लिगा अन्तर्गत ग्रानडाले ओसासुनालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ग्रानडाले ओसासुनाले १-० को जित हासिल गरेको छ । ग्रानडाको जितमा डोमीनगोस डुअर्टेले खेलको एक मात्र गोल गरेका


z