सप्तरीमा एक युवकमाथि गोली प्रहार

खरीबोट

फाइल तस्बीर

राजविराज । अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा गए राति ८ बजे एक जना युवक घाइते छन् ।

राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा २५ वर्षीय भगवती मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । 

प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

यता घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा व्यावसायीको गोली हानी हत्या

जनकपुर । जनकपुरमा एक जना व्यावसायीको गोली हानी हत्या भएको छ । हत्या हुनेमा जनकपुर वडा नम्बर २ वकिल टोलका शिव आयलका सञ्चालक मनोज साह छन् ।  साहलाई गोली हानी हत्या गरेको

रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु

रौतहट । ईशनाथ नगरपालिका ६ स्थित ठुलो घिउराको पुल नजिकै अज्ञात व्यक्तिले गोली प्रहार गर्दा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २१ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ ।  हाल

न्यूयोर्कको एक क्लबमा गोली चल्दा कम्तीमा चारको मृत्यु

न्यूयोर्क । न्यूयोर्कमा शनिबार एक क्लबमा गोली चल्दा कम्तीमा चार जनाको मृत्यु भएको अमेरिकी प्रहरीले बताएको छ । उक्त घटनामा तीन जना अन्य व्यक्ति घाइते भएका बताइएको छ । न्यूयोर्कको ब्रुकलिनस्थित

साउदी राजाका अंगरक्षकको साथीद्वारा गोली हानी हत्या

रियाद । साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल–फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ । साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या


z