• २०८१ बैशाख २५ मंगलबार

खाद्य संस्थानद्वारा सहुलियतमा चामल बिक्री गर्न शुरु

kharibot

फाइल तस्वीर

गोरखा । नेपाल खाद्य संस्थान गोरखा शाखाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल बिक्री गर्न शुरु गरेको छ । 

गोरखा सदरमुकाम क्षेत्रका उपभोक्तालार्ई लक्षित गरी संस्थानको कार्यालय पाटेचौरबाट सहुलियदरमा चामल बिक्री गर्न शुरु गरेको संस्थानका गोरखा शाखा प्रमुख नवीन बस्नेतले जानकारी दिए । 

संस्थानले यही भदौ २७ गते निणर्य गरी असोज २ गतेदेखि जिल्लामा सहुलियतको चामल बिक्री शुरु गरेको उहाँले बताए । “निणर्य छिटो गरेको भए पनि खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट चामल मगाउनुपर्ने भएकाले तीन÷चार दिन ढिलो गरि बिक्रि शुरु गरेका हौ”, उनले भन्नुभयो, “दशै तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेको बिक्री शुरु गरिएको हो ।”

उनले आउँदो कात्तिक १६ गतेसम्म संस्थानको कार्यालयबाट उपभोक्तालाई सहुलियतमा चामल बिक्री गरिने जानकारीसमेत दिए । “यो वर्ष चाडपर्वका लागि सहुलियतमा बिक्री गर्न तत्कालका लागि २१० क्वीन्टल चामल केन्द्रीय कार्यालयबाट स्वीकृत प्राप्त भएको छ”, प्रमुख बस्नेतले भए, “निर्धारित कोटाले अपुग भए थप चामल मगाउन सकिन्छ ।”

संस्थानले अहिले जिरा मसिनो र सोना मनसुली गरी दुई थरीको चामल बिक्री गर्दै आएको उनले बताए । “दुवै प्रकारको चामलमा पहिलोको तुलनामा प्रतिकिलो रु पाँच छुट दिएर बिक्री शुरु गरेका छौं”, प्रमुख बस्नेतले भए, “प्रतिकिलो ४४ रुपैयाँमा बिक्री गर्दै आएको सोना मनसुली अहिले प्रतिकिलो रु ३९ र प्रतिकिलो ६० रुपैयाँमा बिक्री हुँदै आएको जिरा मसिने चामल अहिले प्रतिकिलो रु ५५ मा बिक्री गरेका छौं ।” 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै