• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनाको जितमा स्वरेज र फिर्पोको गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लुइस स्वरेज र जुनियर फिर्पोले एक एक गोल गरेका थिए ।

आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी बिना खेलेको बार्सिलोनाले अवे खेलमा जित हासिल गर्दै महत्वपूर्ण जित हासिल गरेको हो । यस सिजनको उत्कृष्ट सुरुवात गर्न नसकेको बार्सिलोना इन्जुरीका कारण पनि समस्यामा रहेको छ । यस खेलमा अर्का युवा खेलाडी अन्सु फाती पनि इन्जुरीका कारण बाहिर थिए ।

यस खेलमा खेलको ८४औ मिनेटमा क्लेमेन्ट लेंगलेट दोहोरो पहेल्लो कार्ड पाएपछि रातो कार्ड पाउदै बाहिरिदा बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

साथै यस खेलमा भएको पहिलो गोल बार्सिलोनाका लागि ऐतिहासिक गोल बनेको छ । गोल किपर टेर स्टेगनले हानेको बललाई स्वरेजले वान टचमा गोल गरेपछि स्टेगन २० बर्षमा ला लिगामा गोल असिस्ट गर्ने पहिलो गोलकिपर बनेका छन् ।

जितपछि बार्सिलोनाको ७ खेलमा १३ अंक भएको छ भने लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै गेटाफे भने ७ खेलमा ८ अंकसहित ११औ स्थानमा रहेको छ ।

बार्सिलोनाले अब अर्को खेल च्याम्पियन्स लिग अन्तर्गत आगामी बुधबार इन्टरमिलानविरुद्ध खेल्दै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै