• २०८१ बैशाख १७ सोमबार

बिहारमा बाढीका कारण २९ जनाको ज्यान गयो

kharibot

फाइल तस्वीर

पटना । भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ ।

बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ । वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पु¥याउन भारतीय वायु सेनालाई दुई वटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको छ ।

भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुनेछ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै