• २०८१ बैशाख १४ शुक्रबार

सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको महरालाई सुझाव 

kharibot

फाइल तस्बीर

काठमाडौँ । सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाले सुझाव दिएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर निश्पक्ष छानबिनमा सघाउन सचिवालय बैठकले निर्देशन दिएको दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको हो । दुवै पदबाट राजीनामा दिएर छानवीन प्रक्रियालाई सघाउनुपर्ने उचित हुने निर्णय गरेको पार्टीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आइतबार राति तीनकुनेस्थित संसद सचिवालयका एक महिला कर्मचारीको डेरामा पुगेर उनले जर्बजस्ती गरेको कुरा मिडियामा आएपछि सभामुख महरा समस्यामा परेका थिए । उनले यस समाचारको खण्डन गरेपनि ति महिलाको घरमा गएको भने स्वीकार गरेका थिए ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै