• २०८१ बैशाख १८ मंगलबार

लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त

kharibot

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । महराले प्रदेशसभाका ४८ सदस्यहरुको समर्थन पाएका छन् ।

माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ को २ उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नियुक्त गरेका हुन् । उनलाई माओवादी केन्द्रसहित नेकपा एमाले,जनता समाजवादी, नेकपा समाजवादी  र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन छ । 

माओवादीका १०, एमालेका २९, जसपाका ३, नेकपा एसका एक र स्वतन्त्रका एक गरी ४४ प्रदेश सभा सदस्यको हस्ताक्षर सहित दाबी पेस गरेका थिए । 

यसअघि बिहीबार नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले राजीनामा दिएका थिए । नवनियुक्त मुख्यमन्त्री महराले आइतबारसम्म सानो मन्त्रीमण्डल गठन गरेर शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै