• २०८१ बैशाख १८ मंगलबार

मुख्यमन्त्री महराले पद तथा गोपनियताको सपथ लिदैँ

kharibot

दाङ । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिदैँछन । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १: ४५ बजे सपथ लिने छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको  नयाँ समीकरण निर्माण भएसँगै मुख्यमन्त्री नियुक्त भएका नेकपा माओवादी, लुम्बिन प्रदेश संसदीय दलका नेता महराले मुख्यमन्त्रीको सपथ लिन लागेका हुन् । 

मुख्यमन्त्रीको सपथसँगै उनले केही मन्त्रीलाइ सपथ ग्रहण पनि गराउने छन् । तर, अझै नाम भने टुंगो भइसकेको छैन् ।  

नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्लीबहादुर चौधरीले गत बिहीबार राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले गत शुक्रबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले,जसपा,नाउपा,नेकपा एस र स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै