काठमाडौं । पाँच देशको टी-२० श्रृंखलाअन्तरगत हङकङसँगको पहिलो खेलमा नेपालले १२६ रनको चुनौती पाएको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १२५ रनमा समेटेको हो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो
अन्तिम ओभरमा पनि एक विकेटलिएर करणले आफ्नो विकेट संख्या ४ पुर्याएका छन् । टी-२० मा यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो ।
नेपालका लागि अर्को एक विकेट अविनाश बोहराले लिएका छन् ।