काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अष्ट्रेलियाको सामना गर्दै छ ।
एक महिनाअघि कुवेतसँग ७–० ले पराजित भएको नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनौट अन्तर्गत आज अस्ट्रेलियाको सामना गर्न लागेको हो । कुवेतसँगको लज्जास्पद हर पछि नेपाली टोलीले चाइनिज ताइपेलाई उसकै मैदानमा २–० को जित निकालेको थियो
नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । अस्ट्रेलियाको टिमको प्रदर्शन र इतिहास हेर्ने हो भने अष्ट्रेलियाले नेपाललाई हराउने लगभग निश्चित छ तर नेपाली टिम पछिल्लो खेलमा चाइनिज ताइपेइको जस्तै अप्रत्याशित नजिता निकाल्ने दाउमा रहेको छ ।
अष्ट्रेलिया टोलीका अधिकांश सदस्य युरोपमा व्यवसायिक फुटबल खेल्छन् । यता नेपाली टोलीका ३ खेलाडी गोलकिपर एवंम कप्तान किरण चेम्जोङ, रोहित चन्द र विमल घर्तिमगरसँग मात्र विदेशी क्लबमा खेलेको अनुभव रहेको छ ।
नेपाललाई फराकिलो हार चखाउने कुवेतलाई अष्ट्रेलियाले ३–० ले हराइसकेको छ । फिफा वरियतामा अष्ट्रेलिया ४४औं स्थानमा छ भने नेपाल १ सय ६१औं स्थानमा रहेको छ ।
नेपाली टिमको सन् २००३ मा दक्षिण कोरियासँग १६–० को अहिले सम्मकै ठूलो हार बेहोरेको इतिहास छ । अर्को सन् २०११ मा विश्व कप छनोटमै जोर्डनसँग ९–० को हार बेहोरेको थियो भने त्यसको ५ दिनपछि त्यहि टोलीसँग १–१ को बराबरी खेलेको थियो ।
नेपाली फुटबलका लागि आज अर्को इतिहास बन्ने क्रममा छ र सबैको आशा इतिहास नेपालकै पक्षमा बनोस् भन्ने नै छ ।