• २०८१ बैशाख १५ शनिबार

स्वास फेर्न गार्हो भएपछि महरा नर्भिक अस्पतालमा 

kharibot

काठमाडौं । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् ।

संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा रहेका छन् ।

श्वास फेर्न गाह्रो भएपछि उनलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो । 

बिहीबार बिहानदेखि उनलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन महरालाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय