• २०८१ बैशाख १५ शनिबार

प्रचण्डसहित नेकपा नेताहरुसँग राष्ट्रपति सीको सामुहिक भेटवार्ता  

kharibot

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपीङले नेकपाका सचिवालय सदस्यहरूसँग सामुहिक भेटवार्ता गरेका छन् ।

राष्ट्रपति सीले आइतवार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेकपाका सचिवालय सदस्यहरूसँग भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतको उपस्थिती रहेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको भने सीसँग ‘वान टू वान’ वार्ता गर्ने कार्यसूची छ । 

आज बिहान नै राष्ट्रपति सीसँग संघीय संसदका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शिष्टाचार भेटवार्ता गरेका थिए ।

दुई दिने राजकीय भ्रमणका लागि शनिवार काठमाडौं आएका राष्ट्रपति सीले शनिवार नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत भएकाले दुई पार्टीबीच उच्चस्तरमा छलफल भएको थियो । यही असोजमा चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो ।

राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, चीन सरकारका अन्य वरिष्ठ नेता तथा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी थिए ।

राजनीतिक भेटवार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलबीच दुईपक्षीय वार्ता र सम्झौता हुने कार्यक्रम छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै