• २०८१ बैशाख १४ शुक्रबार

नेइमार फेरी घाइते

kharibot

फाइल तस्बीर

काठमाडौँ । ब्राजिलियन फुटबलर नेइमार फेरी घाइते भएका छन् ।

सिंगापुरमा जारी नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा नेइमार घाइते भएपछि खेलको १२औ मिनेटमा मैदान छोडेका हुन् । नेइमारको देब्रे तिघ्रामा समस्या भएको बताइएको छ ।

लामो इन्जुरीपछि अघिल्लो महिना मात्र मैदानमा फर्किएका नेइमार फेरी घाइते भएका हुन् । इन्जुरिका कारण पिएसजीको गएको सिजनका अन्तिम तिरका खेल गुमाएका नेइमारले ब्राजिलका लागि कोपा अमेरिकासमेत खेल्न सकेका थिएनन् ।
नेइमारको यो इन्जुरी कति ठुलो हो भन्ने बारे बिस्तृत विवरण आइसकेको छैन ।  

पछिल्लो समय पिएसजीका लागि खेल्दै रम्रो योगदान गरिरहेका नेइमारको इन्जुरीले पिएसजीको चिन्ता फेरी बढेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै