काठमाडौँ । नेकपाक प्रवक्ता नारायणकाजी श्रेष्ठले चिनियाँ राष्ट्रपति सी जीनपीङको भ्रमणमा नेपालले परिपक्कता देखाएको बताएका छन् ।
भ्रमणपछि सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक र सफल भएको बताएका छन् ।
उनले भनेका छन् - चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रह्यो । यो साँच्चै कोसेढुङ्गा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ । महामहिम सी र चीन सरकार प्रति आभार । यसपटक हाम्रो पनि परिपक्वता देखियो । सिङो देश एकढिक्को भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो। प्रम र सबैलाई बधाई ।'