• २०८१ बैशाख १६ आइतबार

तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो शुक्रबारदेखि

kharibot

फाइल तस्बीर

चितवन । पूर्वी चितवनको रत्ननगरमा तेस्रो राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

यही कात्तिक १ र २ गते रत्ननगर तेक्वान्दो, सरित सौराहा, न्यूस्टार, सौराहा, पिठूवा र इच्छाकामना डोजाङको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो । सो प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिता मूल संयोजक पुष्पराज जोशीले जानकारी दिए । पुम्सेतर्फ पुरुषको चार र महिलाको चार गरी आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

देशभर बाट ४ सय खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र १ सय ८ कास्य गरी २ सय १६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सिनियर पुरुषतर्फ छ र सिनियर महिलातर्फ चार तौल समूहमा प्रथम हुने खेलाडीबीच पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन जना पुरुष र दुई जना महिला खेलाडीलाई जनही रु एक/एक लाख पुरस्कारको व्यवस्था गरिएको जोशीले जानकारी दिए ।

यस्तै अन्य उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक, उत्कृष्ट समूह र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई नगद २५/२५ हजार पुरस्कार प्रदान गरिने छ । विजेता खेलाडी अमेरिकाको इस्टन मिसिगन विश्वबिध्यालयमा सन २०२० को मे १ र २ मा हुने १३ औँ अन्तर्राष्ट्रिय खुलामैत्री तेक्वान्दो प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै