• २०८१ बैशाख १४ शुक्रबार

रियालिटी शोको रियालिटी चेक : भ्वाइसमा पुराना कोचको कोचिङ किन ध्वस्त ?

kharibot

काठमाडौँ । द भ्वाइस अफ नेपालमा ब्याटल राउन्ड चलिरहेको छ । यो हप्ता भएका दुई एपिसोड सत्र र अठारमा पुराना कोचलाई पछि पार्दै नयाँ कोचहरु आस्था र राजु अगाडी आइरहेका छन् । ब्याटलको पाँचौं राउन्ड अर्थात सत्रौं एपिसोडमा टीम दीपमा निकै तनावग्रस्त अवस्था आइपर्यो ।

उक्त एपिसोडमा अंकित र सुनिलको ब्याटल थियो । अंकितको तुलनामा सुनिल निकै कडा प्रतिस्पर्धी मानिएका थिए, किनभने उनले शास्त्रिय संगितमा मुम्वाईबाट मास्टर्स गरेर नेपाल फर्किएका थिए । ब्लाइन्ड अडिसनमा समेत शास्त्रीय गीत गाएर कोचलाई रिझाएका उनीबाट दर्शकको निकै ठुलो अपेक्षा थियो । यी दुई प्रतिस्पर्धीले ब्याटल रिङमा तहल्का मच्चाउलान् भन्ने सोचिएको थियो । कोच दीपले पनि सेमी क्लासिकल गीत ‘भन के छ बन्दोबस्त’ दिएका थिए ।

सुरुवाती चरणमा अंकितलाई अन्याय भएकोजस्तो लागेपनि सुनिल पुरै फेल भए । किनभने उनले उनकै जेनेराको गीत समेत बेसुरो गाए ।

निकै कर्कस सुनिएको थियो सुनिलको स्वर । अंकितको भने केहि ठाउँमा चिप्लिएपनि सुनिलको तुलनामा राम्रै सुनिएको थियो ।

यी दुईको ब्याटल परिरहेको बेला कोच दीपको अनुहार भने निचोरिएको कागतीजस्तै भएको थियो । कोच प्रमोदले समेत यी दुईलाई कोच दीपको रेस्पेक्ट गर्न नसकेको आरोप लगाए । दुबै नराम्रोबाट कम नराम्रो छानेको भन्दै दीपले अंकितलाई कमआउट चरणमा पुर्याए ।

साथै टीम प्रमोदले विमोचना र प्रवेशलाई ब्याटलमा भिडाएका थिए । विमोचना निकै प्रसिद्ध नेपाली भाषी दार्जलिङ गायिका देसी बराइलीकी छोरी हुन् । जसका कारण उनीसँग ब्याटल गरेका अर्का गायक प्रवेशलाई घाटा भयो । प्रवेशले राम्रो गाउँदागाउँदै पनि विमोचना नकआउट चरणमा पुगिन् ।

छैटौं ब्याटल अर्थात अठारौं एपिसोडमा पनि पुराना कोचको पारा उस्तै भयो । टीम प्रमोदले आफ्नै गीत ‘हंगामा भो’ साजन र मधुलाई गाउन दिए । यी दुईले गायकीमा त खासै राम्रो गर्न सकेनन् तर पर्फमेन्समा भने हंगामा नै मच्चाए ।

त्यहि पर्फमेन्सलाई हेरेर यी दुईलाई डुओ अर्थात जोडी बनेर अन्त्यसम्म जाने अफर समेत आयो । यसमा कमजोर देखिएकाले साजन तयार भए भने मधु मानेनन् । मधुले घरमा श्रीमती छ, छोरा छ भनेर इन्कार गर्दा उनले डुओको अर्थ बुझेनन् कि जस्तो भान दर्शकलाई हुन्छ । घरबार गर्ने जोडी हैन, साँगितीक जोडी बनाइदिन खोजेको भन्नेकुरा मधुलाई बुझाउन नसकेको समेत दर्शकको आरोप छ ।

उक्त एपिसोडमा टीम दीपको भने खासै नराम्रो भएन । निर्मला र शिवाको भिडन्तमा पूर्व माओवादी लडाकु समेत रहेकी निर्मलाले शिवालाई हराएकी हुन् ।

यी दुई एपिसोडमा नयाँ कोचहरुको कोचिङ भने राम्रै देखियो । कोच राजुको टीमका दुई ब्याटल राम्रै भए । द भ्वाइस ग्लोवलमा छानिएका सनिस र साशिकाको ब्याटलमा सनिसलाई राजुले रोजे भने साशिकालाई आस्थाले स्टिल गरिन् । साथै अर्को ब्याटलमा श्रृष्टी र अन्जुको ब्याटलमा अन्जु नकआउट चरणमा प्रवेश गरिन् भने श्रृष्टी घर फर्किन् ।

टीम आस्थाको ब्याटलमा राजिव र एजेश मध्ये आसामका राजिव अगाडी बढे, एजेश घर गए । साथै सुरज र आरीफको ब्याटलमा आरीफ छानिए भने सुन्दर अनुहार भएका सुरज घर गए । यो एपिसोडमा कोच दीपले समेत आस्थाको निकै वयान गरे । उनले अस्था फुच्ची भएपनि सिकाउन भने जान्ने रैछ भन्दा उनी मख्ख परिन् ।

नयाँ कोचहरु सहि ठाउँमा आउँदै गर्दा पुराना कोचहरु भने खस्कँदै गएका छन् । यस्तै हो भने अर्को चरणको भ्वाइस अफ नेपाल अरु नयाँ कोच आउलान् है, पुराना कोचहरु, होस् पुर्याउँ !

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै